
सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी प्रदिपकुमार पालले दार्चुलाको नेपाल–चीन सीमा क्षेत्र टिंकरमा रहेको बिओपीको स्थलगत अनुगमन निरीक्षण गरेका छन् ।

शस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी प्रदिपकुमार पालले शुक्रवार ब्याँस गाउँपालिका वडा नम्बर १ टिंकर छ्यालेकमा रहेको सशस्त्र प्रहरीको बिओपीको आन्तरिक र चीनसंगको सुरक्षा अवस्थाका बारेमा जानकारी लिएका हुन् । शुक्रवार विहानै भारतको बाटो हुँदै दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, डिआईजी प्रदिपकुमार पाल, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति देवराज जोशी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म छाङ्रुका निमित्त गुल्मपति सशस्त्र प्रहरी निरिक्षक खगेन्द्र ओझा लगायतको टोली छाङ्रु हुँदै टिंकर बिओपी पुगेको हो ।
टोलीले बिओपीको अवस्था, चीनसंगको सीमा सुरक्षा, ५० नम्बर गुल्म छाङ्रुको आन्तरिक सुरक्षा अवस्था र भारतसंगको सीमा सुरक्षाका विषयमा जानकारी लिने बताइएको छ । सशस्त्र प्रहरी प्रदेश प्रमुख भएर आउनु भएका डिआईजी पालले दार्चुलामा रहेका सशस्त्र प्रहरीका बिओपीहरु, गुल्म र गणको आन्तरिक तथा बाह्य सुरक्षाको अवस्थाको बारेमा जानकारी लिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका सूचना अधिकारी एवम् सशस्त्र प्रहरी नायव उपरीक्षक दिपकराज भट्टले जानकारी दिए ।

बाक्लो हिँउ जमेपछि गत मङ्सिरको पहिलो साता टिंकरबाट छाङ्रु झरेको सशस्त्र प्रहरी बिओपीको टोली वैशाख २१ गते चीनसंगको सीमा सुरक्षाका लागि पुनः बिओपी टिंकरमा उक्लिएको छ ।