फोटोन विद्युतीय गाडीको नयाँ शोरुमा धनगढीमा सञ्चालन 
2025/05/25, 1:17
 
dd

कैलालीको धनगढीमा नयाँ फोटोन र सोकोनको (बतास एमएडब्लु कमर्सियल भेकल्स)  शो रूम सञ्चालनमा आएको छ । शो रुपमको एक समारोहका बिच धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले उदघाटन तथा माउन्टेन ईभी सार्वजनिक गरिन् । सो अवसरमा बोल्दै उपप्रमुख रानाले विद्युतिय सवारी साधनको प्रयोगले प्रर्यावरणमा टेवा पुग्ने बताउँदै भनिन्–‘इन्धनका सवारी साधनका कारण वातावरणमा प्रदुर्षण बढेको छ । सोही कारण अब विद्युतिय सवारी साधननै उपयुक्त देखिन्छ ।’ उनले धनगढीले पनि विद्युतिय सवारी साधनमा प्रयोग गर्ने नीति लिएको बताउँदै थपिन्–‘हामीले विद्युतिय सवारी उपयोग गर्ने नीति लिएका छौं । जसका कारण गत वर्ष हामीले काठमाडौंबाट सवारी साधन ल्याउनुपरेको थियो । अहिले यहि शोरुम खुलेपछि सहजता भएको छ ।’ 


शोरुमले आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्य सहित धनगढीमा शो रुमा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । यो कदम कम्पनीको गुणस्तरीय व्यावसायिक सवारी र सेवाप्रति प्रतिबद्धताको अर्को महत्वपूर्ण पाइलाको रूपमा लिइएको कम्पनीको भनाई छ । यसक्षेत्रको ‘उच्च गुणस्तर, कुशल, र भरपर्दो यातायात’ को बढ्दो माग पूरा गर्न सहयोग पुर्याउने कम्पनीका सेल्स हेड रघुनाथ पौडेलले बताए । नयाँ शोरूममा फोटोन र सोकोन सम्पूर्ण व्यवसायिक ११–१४ सिट उपलब्ध रहेको उनको भनाई छ ।


कुनै पनि लामो दुरी र छोटो दुरी यातायतको आवश्यकतालाई पूरा गर्न कम्पनी तयार रहेको उनले बताए । धनगढी र वरपरका क्षेत्रका ग्राहकहरूका लागि सजिलो पहुँच र उत्कृष्ट सेवा सुविधा दिने लक्ष्यसहित शोरुमको उदघाटन गरिएको उनको भनाई छ । यहाँग्राहकले फोटोनका नयाँ सवारीहरू हेर्न पाउनुका साथै सल्लाह,  बिक्रीपछि सेवा र मर्मत सुविधा पनि प्राप्त गर्न सक्ने ईभी सेल्स हेड रचना राईले बताईन । बी.एम.सी.भी. (बतास एमएडब्लु कमर्सियल भेकल्स) ले फोटोन मोटरको धनगढी र सुदूर–पश्चिम क्षेत्रको अधिकृत वितरकको नयाँ शोरूमको उद्घाटनसँगै,  कम्पनीले आफ्नो नयाँ विद्युतीय सवारी फोटोन माउन्टेन ईभी भ्यान पनि औपचारिक रूपमा सार्वजनिक गरेको थियो । उनले भनिन–‘नेपालको यातायात क्षेत्रका लागि एक गेम–चेन्जर बन्ने अपेक्षा गरिएको छ ।’ माउन्टेन ईभी भ्यान १४देखि १६ जना यात्रु अट्ने, उच्च छाना भएको फराकिलो डिजाईनमा निर्माण गरिएको उनको भनाई छ । उनले भनिन –‘यात्रुहरूलाई आरामदायी हेडरूम प्रदान गर्छ । ५३.५८ केडब्लुएच क्षमताको ब्याट्रीले एक पटक चार्ज गर्दा ३०० किलोमिटरसम्म यात्रा गर्न सक्छ । जसले गर्दा यो नेपालका सबै भौगोलिक क्षेत्रहरूमा पनि उपयुक्त बन्न सक्छ ।’


उद्घाटन समारोहमा स्थानीय यातायात संघका अध्यक्ष तथा सदस्यहरू, साथै अटोमोबाईल क्षेत्रका उत्साहीहरू सहभागीका रहेको थियो ।
बीएमसीभीको बिक्री प्रमुख रघुनाथ पौडेलका अनुसार, कम्पनी पूर्णरूपमा बिक्री, पाट्स र सर्भिस प्रति प्रतिबद्ध रहेको छ । उनले भने, ‘फोटोनले अन्तर्राष्ट्रिय बजारमा अत्यधिक सफलता प्राप्त गरेको छ र व्यावसायिक ईभीको क्षेत्रमा नेतृत्व लिइरहेको छ ।’ उनले भने –‘धनगढीमा नयाँ इभि गाडी शोरूमको शुभारम्भले धनगढीमा महत्वपूर्ण पाइला कोरिएको छ । यस उपलब्धिले ब्रान्डको उपस्थिति मजबुत बनाउनुका साथै ग्राहकहरूलाई सहज रुपमा नवीनतम ईभी समाधान उपलब्ध गराउनेछ ।’