वन कार्यालय धनगढीका घुस्याहा अधिकृत अख्तियारको फन्दामा, ७ लाख बढी रकम पनि बरामद
2025/07/21, 11:48
 
ss

डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवलाई अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको टोलीले घुससहित रंगेहात पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको कार्यालयबाट खटिएको टोलीले यादवलाई नगद घुस रकमसमेत नियन्त्रणमा लिएको जनाएको छ । यादवको साथबाट घुसवापत लिएको नगद सात लाख ३१ हजार रूपैयाँ समेत बरामद गरिएको छ । यादवलाई अख्तियारको टोलीले धनगढीस्थित डिभिजन वन कार्यालयबाटै पक्राउ गरिएको जनाएको छ  ।

यादव कर्मचारी सरुवा बढुवामा नेत र माथिल्लो कर्मचारी मिलाएर रकम उठाउनुका साथै सामुदायिक बनबाट छुट पुर्जी, कार्ययोजना, बिधान बनाउने बेला नविकरण लगायतमा चर्को रकम उठाउने गरेको गुनासो बढेको थियो ।श्रोतका अनुसार यादव सित थप एकजना जोडिएका छन् । एक लाख रकम बुझेका ऊनी फरार रहेको श्रोतले बताएको छ । घटनासँग जोडिएका थप व्यक्तिहरूको संलग्नताबारे अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।