सुदूरपश्चिमका तीन जिल्लामा ५ सय बढी कोरोना संक्रमित, प्रदेशभर ३९ सय १४
2020/07/12, 10:51

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय १४ जना पुगेको छ । शनिबार ३ संक्रमित थपिएसँगै संक्रमितको संख्या ३ हजार ७५८ पुगेको हो । हालसम्म १२ सय ६७ जना कोरोना मुक्त भएका छन् ।

संक्रमितमा ८६८ महिला र २ हजार ८९० पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म आठ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा ५ सय बढी संक्रमित छन् ।
जसमा कैलालीका मात्रै ९९४, अछाममा ५९२ र डोटीमा ५३५ जना संक्रमित छन् । यस्तै कञ्चनपुर र बाजुरामा समान ४४६, ४४६ जना, बैतडीमा २९८, बझाङ १५९, दार्चुलामा १९ र डडेल्धुरामा २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशभर हालसम्म ४ हजार ९ ७३ जना क्वारेन्टिनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/04/21, 9:33
2021/11/08, 12:42
2022/10/14, 11:46