सुदुरपश्चिममा मनसुन सुरु भएपछि ११ जनाको ज्यान गयो, ३ जना अझै बेपत्ता, तीन जिल्ला बढी प्रभावित
2020/07/12, 11:37
 
pahiro

सुदुरपश्चिममा मनसुन सुरु भएपछिको एक महिनामा भएका विपद्का घटनामा ११ जनाको मृत्यु भएको छ । जना वेपत्ता रहेका छन् । मनसुनपछिको विपद्ले सुदुरपश्चिमका तीन जिल्ला बढी प्रभावित भएका छन् ।

अहिलेसम्म बझाङ, डोटी र दार्चुला बढी प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । गएको जेठ ३० गते मनसुन सुरु भएपछिका ३० दिनमा देशभर ८८ जनाको ज्यान गएकोमा सुदुरपश्चिम प्रदेशमा जनाको ज्यान गएको हो । बझाङमा ८ जना, दार्चुलामा २ जना र डोटीमा एक जनाले ज्यान गएको प्राधिकरणको तथ्यांक छ ।  सबैभन्दा धेरै भेल पहिरोले क्षति पु¥याएको छ ।

बझाङमा बस्तीको विच भागको माथिबाट भेल पहिरो खसेको थियो । बझाङमा भेल पहिरोले क्षति गरेको प्राधिकरणले जनाएको छ । बझाङमा एक जना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ । बझाङको कालंगा नदीमा दुई जना बेपत्ता भएका छन् ।

तराईका विभिन्न जिल्लामा डुबान र कटानको समस्या रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए । बेपत्ताहरूको खोजी र प्रभावितलाई राहत तथा पुनस्र्थापनको काम भैरहेको गृह मन्त्रालयले जनाएको छ ।