विप्लवको युवा संगठनका केन्द्रिय सदस्य पक्राउ
2020/07/12, 2:20
 
biplov

प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समुहको युवा संगठनका केन्द्रीय सदस्यलाई बैतडी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाटन नगरपालिका १० हतासका ३२ वर्षीय श्याम भट्ट रहेका छन । बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार भट्ट युवा संगठनका केन्द्रीय  सदस्य हुन ।  

उनलाई गाउँमै खानेपानी पाइप निर्माण गरिरहेको गोप्य सूचनाको आधारमा शनिबार दिउँसो ३ बजे पक्राउ गरिएको हो । यसअघि प्रहरीले  विप्लव समूहका गाउँ कमिटी सदस्य दोगडाकेदार गाउँपालिका ६ सित्तडका ३२ वर्षीय करन ऐरी (कर्णाली) लाई पनि पक्राउ गरिएको जानकारी दिएको थियो ।

ऐरीलाई डराई धम्काई चन्दा असुली गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गर्न जाँदा भागीरहेकै अवस्थामा प्रहरीले समातेको जनाएको छ । तर विप्लव समूहले भने ऐरी आफ्नो पार्टीको कार्यकर्ता नभएकाले तत्काल उनलाई रिहा गर्न माग राखेर विज्ञप्ती निकालेको थियो ।