
कैलालीमा युवकको वेवारिसे शव फेला परेको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बलाचौरको छतिवन सामुदायिक वन क्षेत्रको रानीजमरा कुलरिया सिचाईको नहरमा अन्दाजी २१/२२ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ। युवकको शव नहरमा तैरिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

