सुदूरपश्चिममा क्वारेन्टिनमा बसेका सबैको कोरोना परिक्षणका लागि स्बाव पठाउन निर्देशन
2020/07/12, 8:17
 
corona

स्वास्थ्य निर्देशनालय राजपुर डोटीले विभिन्न जिल्ला तथा भारतबाट आएर सुदूरपश्चिमका विभिन्न क्वारेन्टिनमा बसेका सम्पूर्णको पिसीआर परीक्षणका लागि नमूना पठाउन आग्रह गरेको छ ।

आइतबार निर्देशनालयले प्रदेशका सम्पूर्ण स्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै क्वारेन्टिनमा बसिरहेका तथा अवधि पुगेका सबैको स्वाब संकलन गरी धनगढी र डडेल्धुरा प्रयोगशालामा पठाउन निर्देशन दिएको हो ।

प्रदेशका क्वारेन्टिनमा बसिरहेकाहरुको संख्या दैनिक रुपमा घटिरहेको भन्दै नेपाल सरकारको कोरोना परीक्षण गाइड लाइन अनुसार नमूना पठाउन परित्रप गरिएको स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताए ।

संक्रमित क्षेत्रबाट फर्केका तथा संक्रमितको सम्पर्कमा आएको ५ देखि १० दिनभित्र पिसीआर जाँचका लागि उपयुक्त हुने भन्दै तुरुन्त सम्पूर्णको नमूना पठाउन भनिएको स्वास्थ्य निर्देशक अवस्थीले बताए ।

apil