एसइई परिक्षार्थीको आन्तरिक मूल्याङ्कन सकियो
2020/07/13, 10:33
 
see

कैलालीका १६ हजार ५ सय ६६ जना एसइई परीक्षार्थीको आंतरीक मूल्याङ्कन सकिएको छ । कोरोना महामारीका कारण जारी लकडाउनले माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा स्थगित हुँदा सरकारले विद्यालयले गरेको  मूल्याङ्कन लाई नै अन्तिम आधार मानेर नतिजा प्रकाशन गर्ने भएपछि कैलालीका २ सय ७७ विद्यालयले विद्यार्थीहरूको प्राप्ताङ्क बुझाएका हुन । २ जना शिक्षक र प्रधानाध्यापकको संयोजकत्वमा ३ सदस्यीय मूल्याङ्कन समिति गठन गरी विद्यालयहरूले नजिता जिल्ला शिक्षा समन्वय इकाई कैलालीलाई बुझाएको जनाएका छन ।

उनीहरु मध्ये साधारण तर्फ छात्रा ८ हजार ४ सय ३९ जना र छात्र ७ हजार ४ सय ६६ गरी १५ हजार ९ सय ५ जना, त्यस्तै प्राविधिक तर्फ छात्रा ८३ र छात्र १ सय ६९ गरी २५२ जना र ग्रेड वृद्धिका लागी छात्रा २ सय ७१ र छात्र १ सय ३८ जना गरी ४ सय ९ जनाको आन्तरिक मुल्याङ्कका आधारमा नतिजा बुझाइएको छ । असार २० गतेसम्म विद्यालयहरूले आन्तरिक मूल्याङ्कन गरी नतिजा पठाई सक्नुपर्ने भनेर सरकारले निर्देशन जारी गरे अनुरुप कैलालीका विद्यालयहरूले पनि विद्यार्थीहरूको अनलाईन परीक्षा तथा व्यक्तीगत आचरणका आधारमा मुल्याङ्नक गरी नजिता पठाईएको बताएका छन ।

धनगढी उपमहानगरपालिका ४ स्थित कैलाली मोडेल स्कुलले एसइईको परीक्षा स्थगित गरिएपछि निर्देशिका अनुसार ४० जना अध्ययनरत विद्यार्थीहरूको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा पठाइएको जनाएको छ । विद्यार्थीको अन्तर निहित क्षमताका आधारमा मूल्याङ्कन गरेर नतिजा पठाइएको प्रधानाध्यापक तपेन्द्र सिंहले बताए । ‘यो पहिलो अनुभव पनि हो, टेस्ट परीक्षा विगतमा पनि लिने गरेका थियौँ, यस पटक भने त्यसलाई आधार मानी प्राप्ताङ्क पठायौ’ उनले भने । ४१ जनाको आन्तरिक मूल्याङ्कन गरी शिक्षा विकास तथा समन्वय इकाईमा बुझाएको एक्सिस विद्या आश्रमकी प्रधानाध्यापक अनिता पन्तले बताइन ।

समितिले गरेको मूल्याङ्कन नै अन्तिम !
कैलालीका १ सय ७२ सामुदायिक र १ सय ५ संस्थागत विद्यालयमा अद्यायनरत १६ हजार ५ सय ६६ जना विद्यार्थीहरूको आन्तरिक मूल्याङ्कनमा आधारमा दिईएको नतिजा आई पुगेको शिक्षा विकास तथा समन्वय ईकाईले जनाएको छ । प्रत्येक विद्यालयमा २ जना शिक्षक तथा प्रधानाध्यापकको संयोजकमा मूल्याङ्कन समिति गठन गरी नतिजा तयार पारिएको हो । विद्यालयहरुले गरेको मुल्याङ्कनलाई नै अन्तिम आधार मानेर राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परिषद्ले विद्यार्थीहरुको ग्रेड निर्धारण गर्ने शिक्षा विकास तथा समन्वय इकाई कैलालीका प्रमुख बैकुण्ठ सुवेदीले बताए ।