सुदूरपश्चिममा १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३९३६ पुग्यो
2020/07/13, 5:34
 
corona

सुदूरपश्चिममा १६ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ जनामा कोरोना पुष्टि भएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा ११, डडेल्धुरा अस्पतालको प्रयोगशालामा चार र पाटन अस्पतालको प्रयोगशालामा एक गरी १६ जनामा कोरोना पुष्टि भएको हो।

उनले पाटन अस्पतालको प्रयोगशालामा कैलालीका एक जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा बझाङ र बैतडीका दुई÷दुई जनामा कोरोना पुष्टि भएको बताए। यस्तै धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका १० र अछामका एक जनामा कोरोना पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको टिकापुरका ४ महिला २ पुरुष गरी ६ जना, कैलालीकै गोदावरी नगरपालिका –७ का एक पुरुष र एक महिला गरी २ जना, वडा नम्बर ५ का एक पुरुष र वडा नम्बर ११ का एक पुरुष गरी ४ जना थपिएका छन्। यस्तै अछामको ढकारी गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमण देखा परेको श्रेष्ठले बताए। सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ४३ नमूना परीक्षण गरिएको उनले बताए।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन हजार नौँ सय ३६ पुगेको छ। संक्रमित मध्ये एक हजार चार सय १७ जना डिस्चार्ज भईसकेका छन् भने ८ जनाको मृत्यु भईसकेको छ।