तथ्यांकमा सुदूरपश्चिमको कोरोना अपडेटः कोरोना संक्रमित ३९३६, डिस्चार्ज १५१३, आईसोलेसनमा ६१ जना 
2020/07/14, 6:35
 
corona

सुदूरपश्चिममा संक्रमितको संख्या तीन हजार नौँ सय ३६ पुगेको छ । संक्रमित मध्ये एक हजार पाच सय १३ जना डिस्चार्ज भईसकेका छन् भने ८ जनाको मृत्यु भईसकेको छ । सुदूरपश्चिम प्रदेशमा झण्डै १५ सय वढी कोरोना संक्रमित घर फर्केका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिममा सोमवारसम्म संक्रमण पुष्टि भएका ३ हजार ९ सय ३६ जना मध्ये १५ सय १३ जना डिस्चार्ज भएर घर फर्केका छन् ।

हालसम्म सुदूरपश्चिममा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । सुदूरपश्चिममा बाँकी रहेका संक्रमित मध्ये मात्रै ६१ जना प्रदेशका विभिन्न अस्पतालका आईसोलेसनमा रहेका छन् । बाँकी सबै संक्रमितहरु केही होम क्वारेन्टिन र केही स्थानीय तहले सञ्चालन गरेका आइसोलेसनमा रहेका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिं कार्कीले जानकारी दिए ।

मन्त्रालयले जारी गरेको प्रेस नोट अनुसार सबै भन्दा बढी कोरोना संक्रमित कैलालीको टीकापुर अस्पतालको आइसोलेसनमा रहेका छन् । टीकापुर अस्पतालमा २१ जना संक्रमित उपचाररत छन् । यसैगरी सेती प्रादेशिक अस्पतालमा ७ जना, महाकाली अस्पतालमा १८ जना, जिल्ला अस्पताल अछाममा १० जना, डोटीमा २ जना, बाजुरामा २ जना र कैलालीको मालाखेती अस्पतालमा ३ जना कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले जानकारी दिए । उनले सबै संक्रमितको अवस्था सामान्य रहेको बताए ।