सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार नजिक
2020/07/15, 7:08
 
corona

सुदूरपश्चिममा मंगलबार थप २० जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या चार हजार नजिक पुगेको छ । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३  हजार नौँ सय ५६ पुगेको छ । पछिल्लो २४ घण्टामा धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सात, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा १२ र शिक्षण अस्पताल काठमाडौंको प्रयोगशालामा १ गरि मंगलबार २० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य  मन्त्रालयले जानकारी दिएको     छ ।

मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरीएको परीक्षणमा अछाम जिल्लाका १२ जनामा कोरोना पुष्टि भएको छ । शिक्षण अस्पतालमा गरिएको परीक्षणमा कैलालीका एक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको  छ । सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढीमा गरिएको परीक्षणमा सात जनामा कोरोना पुष्टि भएको छ । कैलालीको टीकापुर नगरपालिका वडा नम्वर ५ का ७४ बर्षीय पुरुष, गौरीगंगा नगरपालिका वडा नम्वर ४ का ४० बर्षीया महिला, लम्की चुहा नगरपालिका वडा नम्वर ५ का ४० बर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

यसैगरी शुक्लाफाँटा नगरपालिका वडा नम्वर ४ कञ्चनपुरका २२ बर्षीय युवक र अछामको साँफेवगर नगरपालिका वडा नम्वर ११ का २३ बर्षीय महिलामा कोरोना पुष्टि भएको छ । सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ८० जनाको कोरोना परीक्षण गरिएको अस्पतालले बिज्ञेप्ती मार्फत जानकारी गराएको छ ।