सुदूरपश्चिम कोरोना अपडेटः ३९५६ कुल संक्रमित, १५८५ डिस्चार्ज, ६७ जना अस्पतालमा, २२९६ घरमा, ८ जनाको मृत्यु
2020/07/15, 9:59
 
corona

सुदूरपश्चिममा हालसम्म तीन हजार नौ सय ५६ जना कोरोना संक्रमित पुगेका छन् । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या तीन हजार नौँ सय ५६ पुगेको हो । त्यसमा ८ जना संक्रमितको मृत्यु भईसकेको छ । ६७ जनाको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ भने दुई हजार दुई सय ९६ जना होम क्वारेन्टिनमा रहेका छन् । विभिन्न अस्पतालहरु र स्थानीय तहका आईसोलेसनमा रहेका एक हजार पाँच सय ८५ जना संक्रमित डिस्चार्ज भएका छन् ।  

१५८५ जना संक्रमित डिस्चार्ज
सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट एक हजार पाँच सय ८५ कोरोना संक्रमित डिस्चार्ज भएका छन । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा मंगलवार साँझ एक हजार पाँच सय ८५ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए ।

उनका अनुसार मंगलवार मात्रै अछाम जिल्लाका ६७ जनालाई विभिन्न अस्पताल र क्वारेन्टिनबाट घर पठाइएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कञ्चनपुरका तीन सय ७५, अछामका तीन सय १४, डडेल्धुराका दुई सय ६७ र बैतडीका दुई सय ५२ जनााई डिस्चार्ज गरिएको छ ।

डोटीका एक सय ५७, कैलालीका एक सय १८, बझाङबाट ८७, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । उनीहरुलाई १४ दिनसम्म अस्पतालमा भर्ना गरिएको र कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ । कतिपय भने कोरोना जितेरै डिस्चार्ज भएका हुन् । 

६७ संक्रमितको अस्पतालमा उपचार हुदैं
सुदूरपश्चिम प्रदेशका ६७ संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा २७, महाकाली अस्पतालमा १८, जिल्ला अस्पताल अछाममा १०, सेती अस्पतालमा ७, मालाखेती अस्पतालमा तीन र डोटी अस्पतालमा दुई जना गरी ६७ जनाको उपचार भईरहेको छ ।

२२९६ जना संक्रमित क्वारेन्टिन र घरमा 
सुदुरपश्चिमका दुई हजार दुई सय ९६ जना विभिन्न क्वारेन्टिन र घरमा रहेका छन् । कुल संक्रमित तीन हजार नौ सय ५६ जनामध्ये एक हजार पाँच सय ८५ जना डिस्चार्ज भएका छन् । ६७ जनाको विभिन्न अस्पताल र स्थानीय तहको क्वारेन्टिनमा उपचार भईरहेको छ । त्यसमा आठ जनाको मृत्यु भएको छ । ती वाहेक दुई हजार दुई सय ९६ जना क्वारेन्टिन र घरमा रहेका छन् । १४ दिनसम्म कुनै पनि लक्षण नदेखिएपछि ती संक्रमितहरुलाई घर पठाईएको हो । 

आठ जना संक्रमितको मृत्यु
सुदुरपश्चिम प्रदेशमा हालसम्म आठ जनाको मृत्यु भएको छ । त्यसमा सवैभन्दा वढी कैलालीका चार जनाको मृत्यु भएको छ । कैलालीको धनगढीकी एक महिला अत्तरियाका दुई पुरुष र लम्कीकी एक महिला रहेकी छिन् । त्यसैगरी बाजुरामा दुई जना अछाम र बझाङमा एक एक जनाको मृत्यु भएको छ । त्यसमा एक जनाले कोरोना पोजेटिभ देखिएपछि आत्महत्या गरेका थिए । सुदुरपश्चिमभित्र ६ जना र प्रदेश वाहिर दुई जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।