सुदुरपश्चिममा १६१० डिस्चार्ज, ५१ जना मात्रै अस्पतालमा 
2020/07/16, 6:51
 
corona

सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट एक हजार ६ सय १० कोरोना संक्रमित डिस्चार्ज भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा बुधवार साँझ एक हजार ६ सय १० जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए ।

उनका अनुसार बुधवार मात्रै कैलालीका ११ र अछामका तीन गरी १४ जनालाई विभिन्न अस्पताल र क्वारेन्टिनबाट घर पठाइएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी कञ्चनपुरका तीन सय ८६, अछामका तीन सय १७, डडेल्धुराका दुई सय ६७ र बैतडीका दुई सय ५२ जनााई डिस्चार्ज गरिएको छ ।

डोटीका एक सय ५७, कैलालीका एक सय २९, बझाङबाट ८७, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । उनीहरुलाई १४ दिनसम्म अस्पतालमा भर्ना गरिएको र कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ। कतिपय भने कोरोना जितेरै डिस्चार्ज भएका हुन् । 

यस्तै सुदूरपश्चिम प्रदेशका ५१ संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकी दुई हजार तीन सय नौँ जना संक्रमित क्वारेन्टिन र घरमै रहेका छन् । मन्त्रालयका अनुसार महाकाली अस्पतालमा १८, टीकापुर अस्पतालमा १६, जिल्ला अस्पताल अछाममा १०, मालाखेती अस्पतालमा तीन, सेती अस्पताल र डोटी अस्पतालमा दुई÷दुई जना गरी ६७ जनाको उपचार भईरहेको छ ।
सुदूरपश्चिममा ८ जना संक्रमितको मृत्यु भईसकेको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या तीन हजार नौँ सय ७८ पुगेको छ ।