सुदूरपश्चिममा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३९९२ पुग्यो
2020/07/16, 2:43
 
corona

सुदूरपश्चिममा थप १४ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार ८ पुरुष र ६ महिलासहित १९ जनामा कोरोना पुष्टि भएको हो।

कैलालीको कैलारी गाउँपालिका–४ का दुई महिला र दुई पुुरुष गरी ४ जना, कैलालीकै गोदावरी नगरपालिका दुई पुरुष र एक महिला गरी ३ जना, कैलालीकै धनगढी उपमहानगरपालिका–१८ का एक पुरुष र एक महिला गरी २ जना, कैलालीकै टिकापुर नगरपालिका–१ का एक पुरुष, कञ्चनपुरको बेलकोट नगरपालिका एक महिला र एक पुरुष गरी दुई जना, कञ्चनपुरकै भिमदत्त नगरपालिका–४ का एक पुरुष र बझाङको खप्तडछान्ना गाउँपालिका–६ एक महिलामा कोरोना पुष्टि भएको उनले बताए। 

उनका अनुसार पछिल्लो २४ घण्टामा सेती अस्पतालको प्रयोगशालामा एक सय ६९ जनाको कोरोना परीक्षण भएको छ। आज १४ जना थपिएसंगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन हजार नौँ सय ९२ पुगेको छ।