सुदूरपश्चिमका १६ विद्यालय नमुना विकासका लागि छनौट
2020/07/16, 2:50
 
namuna school

सुदूरपश्चिमका १६ वटा विद्यालय नमुना विकासका लागि छनौट भएका छन्।  शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रदेशका विभिन्न जिल्लाका १६ वटा विद्यालयलाई नमुना विकासका लागि छनौट गरेको हो। यसरी छनौट हुनेमा कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बाजुरा, बझाङ र बैतडीका दुई÷दुई विद्यालय रहेका छन् भने दार्चुला र अछामका एक÷एक विद्यालय छन्।

कैलालीको बर्दगोरिया गाउँपालिका १ मा रहेको बसन्तमुरारी माध्यमिक विद्यालय र जोशीपुर गाउँपालिका १० को रघुनाथ आर्दश माध्यमिक विद्यालय, कञ्चनपुरको पुर्नवास नगरपालिका १० को पुर्नवास माध्यमिक विद्यालय र लालझाडी गाउँपालिका १० को शारदा राष्ट्रिय माध्यमिक विद्यालय, डडेल्धुराको अमरगडी गाउँपालिका ७ को उग्रतारा माध्यमिक विद्यालय र अजयमेरु १० को बालकल्याण माध्यमिक विद्यालय, डोटीको शिखर नगरपालिका ९ मा रहेको सिताराम माध्यमिक विद्यालय र बोगटान फूडसिल गाउँपालिका ७ को खत्याडी माध्यमिक विद्यालय नमुना विकासका लागि छनौटमा परेका छन्।

यस्तै बैतडीको पुर्चौडी नगरपालिकाको डिलेश्वरी माध्यमिक विद्यालय र डिलासैनी गाउँपालिकामा रहेको दुर्गा माध्यमिक विद्यालय, बझाङको केदारस्यु गाउँपालिका ९ को भैरव माध्यमिक विद्यालय र मष्टा गाउँपालिकाको कुल मष्टजन माध्यमिक विद्यालय, बाजुराको खप्तडछेडेदह गाउँपालिकाको मष्टेश्वरी माध्यमिक विद्यालय, गौमुल गाउँपालिका ३ मा रहेको बालविकास माध्यमिक विद्यालय, अछामको मेल्लेख गाउँपालिका ५ को जनता माध्यमिक विद्यालय र दार्चुलाको शैल्यशिखर ९ मा रहेको गोकुलेश्वर माध्यमिक विद्यालय पनि छनौट भएको शिक्षा तथा मानव विकास स्रोत केन्द्रले जनाएको छ। केन्द्रले देशभरका एक सय विद्यालय नमुना विकासका लागि छनौट गर्ने क्रममा सुदूरपश्चिमका १६ विद्यालय परेका हुन्।