सुदुरपश्चिममा रित्याईदै क्वारेन्टिनः घर फर्किएकाहरुलाई क्वारेन्टिनमा नराखेर बिना परिक्षण घर पठाईदैं 
2020/07/17, 6:50
 
quarentine

भारतबाट आएर सात दिन धनगढी ३ बोराडाँडीको क्वारेन्टिनमा बिताएका धनगढी चटकपुरका मुकेश शाही लगायतका ५ जनालाई बिहीबार क्वारेन्टिनको अवधि नपुग्दै ७ दिनमै परीक्षण बिनै घर पठाइयो । घर जाँदै गर्दा उनले भने, ‘हाम्रो आरडीटी परीक्षणमात्रै भयो, पीसीआर परीक्षण गर्न माग ग¥यौं भएन । हामीले बरु केही दिन अझ क्वारेन्टिनमा बस्छौ । तर पीसीआर परीक्षण गरेर मात्रै पठाउन भन्यौं, तर एक सातामै घर जानुप¥यो ।’

स्वास्थ्य परीक्षण गरेर घर पठाएको भए निर्धक्कसँग घर जान सकिने अवस्था भएपनि त्यस्तो नहुँदा निकै डर लागिरहेको उनको भनाई छ ।  उनीसँगै घर फर्किरहेका धनगढी बोराडाँडीका नारद धामीले आफूहरूको स्वास्थ्य परीक्षण नहुँदा मनमा डर लागिरहेको गुनासो गरे । वडा नम्बर ३ मा रहेको त्रिनगर विद्यालयको क्वारेन्टिनमा १ सय ३७ जना रहेकोमा बुधवार बाँकी रहेका ५ जनालाई घर पठाइएको छ ।

अन्यलाई यस अघि नै घर पठाइसकिएको थियो । योसँगै अब क्वारेन्टिन खाली भएको छ । अब आउने नागरिकलाई होम क्वारेन्टिनमा राखिने वडा नम्बर ३ का वडाध्यक्ष बल बहादुर ऐरले बताए । संक्रमित फेला पर्ने क्रम पनि घट्दै गइरहेको छ । तर स्थिति केही सहज बनिरहेको अवस्थामा यहाँका स्थानीय तह भने अब आउने नागरिकलाई क्वारेन्टिनमा राख्न नसकिने भन्दै फेरि असहज स्थिति सिर्जना गर्न खोजिरहेका छन् । 

कैलालीको गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवाले भने, ‘अहिले क्वारेन्टिनमा रहेकालाई प्रक्रिया पु¥याएर घर पठाउने काम भइरहेको छ, हुन त भारतबाट नागरिकहरू त आइनैरहेका छन् । तर अब आउनेहरूलाई क्वारेन्टिनमा राख्न सक्ने अवस्था छैन ।’ उनले थपे, ‘अब विद्यालय पनि खोल्ने तयारीमा छौं, त्यसैले विद्यालयमा रहेका क्वारेन्टिनहरु खाली गराइरहेका हौ, अब भारतबाट आउनेहरूलाई होम क्वारेन्टाइनमा बस्न भनेका छौं ।’

रित्याईदै क्वारेन्टिन 
एक महिनाअघि मात्रै ६६ हजार बढी नागरिक सुदूरपश्चिमका क्वारेन्टिाइनमा थिए । तर त्यो संख्या अहिले ह्वात्तै घटेको छ । क्वारेन्टाइनमा रहेकाहरूलाई कसैलाई १४ दिन पुग्ने वित्तिकै परीक्षण बिनै घर पठाईयो भने कसैलाई आरडीटी परीक्षणकै भरमा ७÷८ दिनमै घर पठाईयो । अहिले क्वारेन्टिनमा ६ हजारको हाराहारीमा मात्रै नागरिक रहेको प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए । क्वारेन्टिन रित्तिने क्रम बढ्दै गइरहेको उनले बताए ।