विद्यालय खुल्ने अन्यौलताः सुदूरपश्चिममा २२ लाख पाठ्यपुस्तक वितरण
2020/07/17, 9:14
 
book

विद्यालय खुल्ने अन्यौलता रहेका वेला सुदूरपश्चिम प्रदेशका विद्यालयहरुमा पाठ्यपुस्तक वितरणको काम भने भईरहेको छ । पुस्तक लिन सम्बन्धित विद्यालय पुगेका विद्यार्थी र अभिभावकहरुमा पुस्तक पाए पनि कहिलेबाट विद्यालय सुरु हुन्छ भन्ने अन्यौलत भने कायमै छ । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड सुदूरपश्चिम प्रादेशिक कार्यालयले प्रदेशका सबै स्थानीय तहमा पुस्तक पठाईसकेको जनाएको छ ।

नयाँ शैक्षिक सत्रका लागि प्रदेशमा २३ लाख ५० हजार थान पाठ्यक्रम आएको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालयका प्रमुख भुपिन्द्र बोहराले बताए । उनले ती मध्ये २१ लाख ८० हजार सबै विद्यालयहरुमा पुगिसकेको बताए । ‘अझै ७५ हजार थान पाठ्यक्रम आउन बाँकी छ ।’ उनले भने– ‘त्यो पनि चाँडै आउँछ । यस बर्ष पुस्तक अभाव हुँदैन ।’

कोरोना संक्रमण बढ्न थालेपछि विगत तीन महिनादेखि शिक्षण संस्था ठप्प छन् । तर, अधिकांश विद्यार्थीहरुको भने पठाई प्रभावित भएको छ । केही विद्यालय प्रविधिको प्रयोग गरेर अध्यापन गराउने बताएको छ । तर त्यो पनि प्रभावकारी नहुने अभिभावकहरु बताउँछन् । ‘विद्यालय नलाग्दा अहिले बालबालिबाकाहरु खेलेरै दिन विताउने गरोका छन ।’ धनगढीका बामदेव जोशीले भने ‘यस्तो अवस्थामा विद्यालय सञ्चालन गर्नु पनि जोखिमपुर्ण छ ।’

विद्यालय सुरु हुने अन्यौलता भएपनि विद्यालयवाट पाठ्य पुस्तक वितरणको काम भने धमाधम भईरहेको छ । लामो समयदेखि विद्यालय सुरु नहुँदा विद्यार्थीको सिकाई पद्धति नै प्रभावित हुने हो कि भन्ने अभिभावकहरुको चिन्ता छ । यस्तै चिन्ता शिक्षकहरुको पनि छ । सरकारले विद्यायहरुलाई क्वारेन्टिनको रुपमा प्रयोग गरेको हुँदा तत्काल विद्यालय सञ्चालन गर्न कठिनाई हुन सक्ने धनगढी १४ मा रहेको जन जागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकबहादुर क्षेत्रीले बताए ।

‘क्वारेन्टीनमा भएकालाई चेकजाँच गरेर होम क्वारेन्टीनमा पटाई दिएको भए सेनिटाईज गरेर विद्यालय सञ्चालन गर्न हुन्थ्यो ।’ उनले भने–‘अहिले त्यस्तो अवस्था छैन ।’ अभिभावकहरुले समेत विद्यालय सुरु गर्न ताकेता गरिरहेको उनले बताए । ‘विद्यालय सुरु हुन ढिला भयो भने विद्यार्थीको पढाई प्रभावित हुन्छ ।’ उनले भने ।