सुशान्तकी प्रेमिकालाई धम्की
2020/07/17, 6:00
 
riya chakrabarti

बलिउका स्व. अभिनेता सुशान्त सिंहको प्रेमिका रिया चक्रवर्तीलाई विभिन्न गाली र धम्की आइरहेको छ । सुशान्तको मृत्युपछि प्रेमिका रियाले आफूलाई सामाजिक सञ्जालमार्फत बलात्कार र हत्यासमेत गर्ने धम्की आएको भन्दै स्क्रिनसट सार्वजनिक गरेकी छिन  । 

रियाले स्क्रिनसट शेयर गर्दै लेखेकी लेख्नुभएको छ, ‘मलाई गोल्ड डिगर (पैसाका लागि कसैलाई पनि फसाउने) भनियो...म चुप बसेँ । मलाई हत्यारा भनियो...म चुप बसेँ...मेरो चरित्रमाथि औंला उठाइयो तर पनि म चुप बसेँ । तर म चुप बस्दा तिमीले मलाई मैले आत्महत्या नगरेको खण्डमा मेरो बलात्कार र हत्या गराइदिने भन्ने अधिकार तिमीलाई कसले दियो ? तिमीले जे भनिरहेकी छौं, त्यसको गम्भीरताबारे अलिकति महसुस भएको छ ? यो अपराध हो र कानुनी रूपमा कसैलाई प्रताडित गरिनु हुँदैन ।’ रियाले यो पोष्टसहित साइबर क्राइम हेल्पलाइनलाई ट्याग गरेर कारबाही गर्न आग्रह गर्नुभएको छ । सुशान्तको आत्महत्याको विषयमा रियासँग प्रहरीले ११ घण्टासम्म सोधपुछ गरेको थियो ।

यस्तै अभिनेता सुशान्तको मृत्युपछि विभिन्न सेलिब्रेटीलाई प्रहरी सोधपुछ गरिरहेको छ । यो मामिलामा धेरैले सलमान खान र करण जोहरजस्ता सेलिब्रिटीलाई दोषी देखाउँदै अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरेका छन्  । यसैबीच डिसिपी अभिषेक त्रिमुखेले पनि सलमानसँग सोधपुछ नगर्ने स्पष्टीकरण दिनु भएको छ । 

सुशान्त सिंह राजपुतको आत्महत्याको विषयमा एक भारतीय मिडियासँगको कुराकानीमा डिसिपी अभिषेक त्रिमुखलेले हालसम्मको अनुसन्धानमा सलमान खान र आदित्य चोपडासँग प्रत्यक्ष वा परोक्ष कुनै संलग्नता नभेटिएका कारण हालका लागि सोधपुछ नगरिने स्पष्ट पार्नुभएको छ । यद्यपि, अनुसन्धान चलिरहेकै कारण कुनै शंका लागेको खण्डमा प्रहरीले निश्चित रूपमा उहाँहरूलाई सोधपुछको दायरामा ल्याउने जानकारी दिए ।