सुदूरपश्चिममा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४००९ पुग्यो
2020/07/17, 6:11
 
corona

सुदूरपश्चिममा थप नौँ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा ६ र डडेल्धुरा प्रयोगशालामा तीन गरी नौँ जनामा कोरोना पुष्टि भएको हो । डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा डडेल्धुरा, बझाङ र डोटीका एक÷एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । यता सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा भएको परीक्षणमा एक महिला र पाँच पुरुष गरी ६ जनामा कोरोना पुष्टि भएको हो ।

धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का १०, १९ र २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । उनका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर १४ का दुई बर्षीय बालक र २५ बर्षीय महिलामा कोरोना पुष्टि भएको छ । यस्तै धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का २६ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। नौँ जना थपिएसंगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार नौँ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी कैलालीमा नौँ सय ४७, अछाममा ६ सय ४५, बाजुरामा ६ सय १६, डोटीमा पाँच सय ७९, कञ्चनपुरमा चार सय ६२, डडेल्धुरामा दुई सय ९३, बैतडीमा दुई सय ७६, बझाङमा एक सय ७१ र दार्चुलामा २० जनामा कोरोना पुष्टि भएको छ । संक्रमित मध्ये एक हजार ६ सय डिस्चार्ज भईसकेका छन् भने ८ जनाको मृत्यु भईसकेको छ ।