
भारतबाट आज बिहान १६ जना महाकाली नदी पारी रहेको कञ्चनपुरको महाकाली नगरपालिका भएर नेपाल प्रवेश गरेका छन् । उनीहरु भारतको खटिमाबाट जोगबुढा नदी तरेर नेपाल प्रवेश गरेका हुन् ।

दुईदेशमा कोरोना रोकथामका लागि जारी लकडाउनका कारण लामो समयदेखि भारतमा अलपत्र परेका नेपालीहरु आज लकडाउनकैबीच नेपाल प्रवेश गरेका हुन् । नेपाल प्रवेश गर्ने १६ जनामा दुई जना कैलाली, दुई जना बाँके र अन्य महाकाली नगरपालिका बासिन्दा रहेका छन् ।
उनीहरु यतिबेला महाकाली नगरपालिका ३ जामुना भाडी नजिकै दशगजामा छन् । प्रशासनले आवश्यक तयारीपछि मात्र उनीहरुलाई नेपाल जिल्लाभित्र प्रवेश गर्न दिने बताईएको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/07/24, 3:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/02/06, 1:37
2020/09/18, 11:03