सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४००९ पुग्योः कुन जिल्लामा कति संक्रमित ?
2020/07/18, 6:45

सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ९ जना पुगेको छ । शुक्रवार ९ जना थप भएसँगै संक्रमित चार हजार नौ पुगेका हुन् । संक्रमित मध्ये एक हजार ६ सय बढि डिस्चार्ज भईसकेका छन् भने ८ जनाको मृत्यु भईसकेको छ ।

सुदूरपश्चिममा शुक्रबार नौँ जनामा कोरोना पुष्टि भएको थियो । धनगढी प्रयोगशालामा ६ र डडेल्धुरा प्रयोगशालामा तीन गरी नौँ जनामा कोरोना पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी कैलालीमा नौँ सय ४७, अछाममा ६ सय ४५, बाजुरामा ६ सय १६, डोटीमा पाँच सय ७९, कञ्चनपुरमा चार सय ६२, डडेल्धुरामा दुई सय ९३, बैतडीमा दुई सय ७६, बझाङमा एक सय ७१ र दार्चुलामा २० जनामा कोरोना पुष्टि भएको छ ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/04/21, 9:33
2021/11/08, 12:42
2022/10/14, 11:46