विदेशबाट फर्केर गाउँमै व्यवसायिक तरकारी खेती 
2020/07/19, 6:26
 
tarkari

निरञ्जन धामी लाई कृषि पेसामा लागेको झण्डै डेढ वर्ष हुन लाग्यो । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका निरञ्जन धामी कृषि पेसामा लाग्नु अघि मास्टर्सको पढाई छोडेर रोजगारीको खोजीमा दुबई हिडेका  थिए । निरञ्जनको आर्थीक अवस्था बलियो  नै भएपनि स्वदेशमै रहेर बाल्यकालमा देख्ने गरेका उनका सपनाहर भने अधुरा  नै थिए ।

 उनी रोजगारीका लागि  एकदिन विदेश छिरे, विदेशमा गएर घर फर्किएर हेर्दा उनलाई स्वदेशमै केही गर्न सक्नु पर्छफभन्ने लाग्यो । यसै क्रममा उनले आफ्नो मन र मष्तिक लाई नेपाल फर्केर कृषि पेसा गर्नका तयार गरे । विदेशको यात्रा गरेका निरञ्जन धामीले फर्किए लगत्तै कृषि पेशा अगाल्ने भनेका आफ्ना सपनालाई यर्थातमा बदल्नपुगे ।

उनले भीमदत्त नगरपालिका–१९ सबाकफाँटामा १० बिगाहा जमिन लिजमा  लिएर व्यवसायीक तरकारी खेतीको सुरुवात गरे । उनले अहिले  १० बिगाहा जमिनमा तरकारी खेती गरेका छन् ।  आफ्नो दैनिकी नै तरकारी खेतीमै विताइरहेका धामीले घरमा सानो तिनो घरायसी कृषि पेसा गर्न जानेको र उनले साथी हरुको सल्लाह सँगै युटुवको मदतले अहिले कृषि पेषामा राम्रै अनुभवी बनेको बताए भनाइ छ ।  निरञ्जनले १० बिगाहा जमिनमा  खुर्सानी, बोडी,  करेला, बङ्गाली भण्टा, परबल, भिण्डी, फर्सी लगायतका तरकारी हुर्काइरहेका छन् ।

सिजनमा लगाउने अन्नबाली भन्दा सिजन सँगै लगाइने वैमौसमी तरकारी बाटै दोब्बर तेब्बर आम्दानी निकाल्न सकिने उनले बताए । निरञ्जन धामीले भने, “घरायसी तरिकाले  लगाइने अन्न बालीको क्षेत्रफलमै तरकारी खेतीले भने अन्नवालीको आम्दानी भन्दा तरकारीबाट दोब्बर आम्दानी हुन्छ ।” दैनिक जसो विदेशमा काम गर्न जाँदा त्यो ठाउँको कृषि प्रविधि देख्दा निकै उदार लाग्दो सोच आउने उनले बताए । 

विदेशबाट फर्केर केही आफ्नै ठाउँमा गनुपर्छ भन्ने सोचले विदेश गएका धामी अहिले सोचे अनुसार काम गर्न पाउँदा निकै खुसी छन् । गत वर्ष सुरुको वर्ष भएकोल घाटा व्यहोरेका उनले आत्मविश्वासलाई भने त्यागेका छैनन् । “अघिल्लो वर्ष सुरुको वर्ष जस्तै भयो, ज्ञान सिप भन्ने कुरो पनि केही थिएन, त्यसमा लकडाउन पनि समस्या गर्यो ।” धामीले भने,“ सुरुको वर्ष लगानी बराबर मै रह्यो, लगानी बराबर भएपनि सीप र ज्ञानभने केही बढेको छ ।”एक वर्षको अनुभवले अहिले भने धेरै कुरा सिकाएको धामीले बताए । 

अत्याधिब रुपमा भारतबाट तरकारी आयात हुने महेन्द्रनगर सदरमुकाम क्षेत्रको लागि तरकारी आफै उत्पादन गर्ने र भारतीय आयातित तरकारीलाई पुर्ण निश्तेज पार्ने उनको योजना छ । “दिनानु दिन भारतीय तरकारीलाई आयात गरेर खानु पर्ने बाध्यता बढ्दै गएको छ । यताउती सवैतिर भारतीय तरकारी नै आयातित छ, वैदेशिक यात्राको आफ्नो चाहनालाई केही रुपमा यर्थाथमा परिवर्तन गर्न सकेको छु । यस्तै गर्न सकियो भने भारतीय आयातित तरकारी केही हदसम्म कमी गर्न सकिने विश्वास छ । ” धामीले भने, । भारतीय नागरिक हरुले कञ्चनपुर जिल्लामा मात्रै ८० प्रतिशत भन्दा बढी तरकारी खेती गर्दै आएको उनले बताए । 

धामीले व्यवासायिक तरकारी खेती सुरु गरेपछि स्थानिय स्थरमै चार जनालाई पनि रोजगारी दिएका छन् । “आफूले व्यव्सायलाई बढी जोड दिनुपर्ने आवश्यक भयो, सामान्य सिप ज्ञान पनि नभएकोले एकदुई जना कर्मचारी राख्ने योजना आयो ।, अहिले भने न्युन्तम मासिक १० हजार देखी २५ हजारका दरले चार जना कामदार राखेर तरकारी खेतीलाई महत्व दिइएको छ ।” उनले भने, । समय अनुसार राम्रो उत्पादन गर्न सक्यो भने बजारको पनि राम्रो सम्भावना रहेको उनको भनाई छ ।  रसायनिक खेती भन्दा पनि उनले बढी जसो जैविक मलको प्रयोग गरेर अर्गानिक तरकारी खेतीमा उनले जोड दिएका छन् ।

“विषादी रहित तरकारी उत्पादन गर्न योजनाका साथ काम गरिएको छ ।” उनले भने, “सकेसम्म बजारमा जाने आफ्नो बारीको तरकारीलाई भारतीय आयातित भन्दा पनि अर्गानिक रुपमा बजारमा पुगाउने योजना छ ।”तर नेपालमै आएर तरकारी खेती सुरु गरेका भारतीय नागरिक हरुले तरकारी खेतीमा रसायनिक मलको अत्याधिक प्रयोग गर्ने उनीहरुको पैसामा मात्रै स्वार्थ लुकेको उनले बताए । तरकारी उत्पादन गर्न सके भनेपनि बेच्नलाई बजारमा आफूलाई समस्या हुने गरेको उनको गुनासो छ ।

“सहयोगको लागि कुनै निकायबाट ज्ञान सिप तालिम तथा आर्थिक कुरामा कुनै सहयोग लिएको छैन ।” उनले भने, “आफूले आफ्नै लगानीमा उत्पादन गरेको तरकारी बेच्न पनि कुनै दिन त हम्मे हम्मे नै पर्ने गर्छ ।” सब्जीमण्डीमा आफ्नो तरकारी राखेर वेचविखन गर्न समस्या हुने भएकोले स्थानिय उत्पादन गर्ने हरुका लागि बेच्ने स्थान छुट्टै बनाइदिनु पर्ने उनको भनाई छ । उनले उत्पादन गरेको तरकारी हाल महेन्द्रनगर बजार क्षेत्र वरपर निर्यात हुदै आएको छ ।