सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४०२८ पुग्योः कुन जिल्लामा कति ?
2020/07/19, 6:42

सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार २८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या चार हजार २८ पुगेको हो ।

त्यसमा सवैभन्दा वढी कैलालीमा रहेका छन् । कैलालीमा संक्रमितको संख्या नौँ सय ५४ रहेका छन् । त्यसैगरी अछाममा ६ सय ४५, बाजुरामा ६ सय १६, डोटीमा पाँच सय ८६, कञ्चनपुरमा चार सय ६३, डडेल्धुरामा दुई सय ९५, बैतडीमा दुई सय ७६, बझाङमा एक सय ७३ र दार्चुलामा २० जनामा कोरोना पुष्टि भएको छ ।
संक्रमित मध्ये झण्डै एक हजार ६ सय ७० सय डिस्चार्ज भईसकेका छन् भने ८ जनाको मृत्यु भईसकेको छ । शनिवार मात्रै सुदूरपश्चिममा १९ जनामा कोरोना पुष्टि भएको थियो । डडेल्धुरा प्रयोगशालामा ११ र धनगढी प्रयोगशालामा ८ गरी १९ जनामा कोरोना पुष्टि भएको थियो ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 6:38
2021/02/10, 2:18
2021/09/11, 9:15
2023/05/06, 11:55
2020/08/29, 12:09