लकडाउनमा मजदुरको मजबुरीः मुटुको टुक्रालाई सुटकेटमा सुताएर सडकमा घिसार्दै घर हिडिन् आमा (भिडियो सहित)
2020/05/14, 6:51
 
majdhur

कोरोना भाईरस नियन्त्रणका लागि लगाईएको लकडाउनका कारण मजदुर वर्गको अवस्था दईनीय भएको छ । प्रवासी मजदुर पैदल हिडेरै घर फर्किन बाध्य छन् । मजदुरहरुको भनाई छ कि– गर्नलाई कुनै काम छैन् । खानालाई खाना छैन् । यस्तो अवस्थामा घर जानु बाहेकको अर्को विकल्प छैन् । घर फर्किने क्रममा कतिपय मजदुरहरु सडक दुर्घटनाको सिकार समेत भएका छन् । 

भारतको राजधानी नयाँ दिल्लीमा लकडाउनमा एक बच्चा पैदल हिड्न नसकेर सुटकेसमा सुतेर घर फर्किरहेको भिडियो भाईरल बनिरहेको छ । सुटकेसमा सुतेको मुटुको टुक्रालाई घिसार्दै उनकी आमा घर फर्किरहेकी छिन् । छोरा सुतेका कारण सुटकेटको ताल्े दोब्बर भएको छ । तर ती महिलाको गति घटेको छैन् । ती महिला उत्तर प्रदेशको आगरा भएर आफ्नो घर जाने मजदुरको समुहसँग गईरहेकी छिन् ।

मजदुरलाई लक्षित गरी चलाईएका विशेष वस तथा रेल सेवा उनीहरुका लागि काम आएको छैन । मजदुरहरुको भनाई अनुसार यस् सेवा साह्ै महँगो भए । कतिपय मजदुरको भनाईमा यसका लागि आवश्यक कागजात पनि धेरै चाहिन्छ ।