
नेपाल बक्सिङ्ग संघ कैलालीको नयाँ नेतृत्व चयन भएको छ । रविन्द्रबहादुर रोकायाको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति चयन भएको हो । संघका केन्द्रीय सचिव दिनेशबहादुर सिहको अध्यक्षतामा भएको भेलाले निर्विरोध समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा शुभशंकर ठाकुर, सचिवमा निर्जन श्रेष्ठ, कोषाध्यक्षमा सुरेन्द्र पाण्डेय चयन भएका छन् । सदस्यहरुमा गजेन्द्रबहादुर शाही गज्जु, दिलिप श्रेष्ठ, भरत चन्द र सञ्जिता चौधरी सर्वसम्मत चयन भएका छन् ।
समितिको चयन कार्यक्रममा कैलाली जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख टोबहादुर बिष्टले नयाँ समितिले बधाई दिदै बक्सिङ्ग खेलको विकासका लागि नयाँ योजना र कार्यनीति ल्याएर अगाडी बढ्न सुझाव दिए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02