सुदुरपश्चिमका मुख्यमन्त्री मन्त्रालयहरुको बेरुजु प्रति आक्रोसित
2020/07/20, 6:33
 
rajniti

सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रालयहरुको बेरुजु प्रति आक्रोसित हुदैं असन्तुष्टी पोखेका छन् । मुख्यमन्त्रीको उपस्थितिमा सबै मन्त्री तथा सचिव सहित प्रदेशका सबै उच्च पदस्थ कर्मचारीहरुको सहभागितामा भएको समिक्षा बैठकमा उनले आक्रोस पोखेका हुन् ।

बेरुजु रकम बढी रहेकोमा मुख्यमन्त्रीले मन्त्री तथा कर्मचारीहरुसित असन्तुष्टि पोखेका छन् । समिक्षा बैठकमा मुख्यमन्त्री भट्टले प्रदेश सरकार गठन भएको तीन बर्ष पुग्न लाग्दा समेत विकासे कार्यालयहरुको प्रगति दर कमजोर रहेको भन्दै असन्तुष्टि ब्यक्त गरेका थिए । मुख्यमन्त्रीले मन्त्रालयहरुके खर्च गर्ने तरिकाले समस्या आउन सक्ने भन्दै सबैलाई सचेत गराएका छन् ।

उनले महालेखा परीक्षकको ५७ औं प्रतिवेदनले आर्थिक बर्ष २०७५÷०६६ कोे ८८ करोड भन्दा बढी रकम बेरुजु देखाएकोमा खर्च गर्ने तरिकाहरुमा समस्या रहेको देखाएकोले नियम अनुरुप नै खर्च गर्न निर्देशन समेत दिएका छन् ।