मेयर र उपमेयर नै कुचो बोकेर सडकमा निस्किए
2020/07/20, 10:19
 
sarsafai

आईतबार मध्यरातमा बर्षासँगै आएको बाढीका कारण अस्तव्यस्त भएको धनगढी बजारको सफाईमा नगर प्रमुख र उप प्रमुख नै हातमा कुचो लिएर निस्किएका छन् । बजार सफाईको लागि नगर प्रमुख मात्र होईन, उप प्रमुख प्रदेश सभा सदस्य, राजनितिक दलका नेता, कर्मचारी तथा स्थानीयवासीहरु समेत जुटेका छन् ।

1

नेपाली काग्र्रेंसका जन नेता विपी कोईरालाको स्मृति दिवसमा स्थानीयसँगै धनगढी उपमहानगरपालिका मेयर नृप ओड उप मेयर सुशिला मिश्र भट्ट सहितका नेताहरु सरसफाईमा जुटेका हुन् । सवै जना हातमा झाडु लिएर सडकमा निस्किएका थिए । नगर प्रमुख र उप प्रमुख सहितले सडकमा झाडु मात्रै लगाएन, नालीमा समेत सरसफाई गर्दै फोहोरलाई ट्याक्टरमा हाले । 

4

महामानव विपी कोईरालाको ३८ औं स्मृती दिवसको अवसरमा नेपाल दलित विद्यार्थी संघ कैलालीले धनगढीमा बजार सरसफाई कार्यक्रमको आयोजना गरेको हो । धनगढीको बनदेवी मन्दिर, पार्क मोड, मार्क स्टल, एलएन चौकसम्म सरसफाई गरिएको थियो ।

3

दलित विद्यार्थी संघ कैलालीले आयोजना गरेको कार्यक्रममा धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड, उप–प्रमुख सुशीला मिश्र भट्ट सहित नेपाली कांग्रेस प्रदेश सभा सांसद टेकबहादुर रैका, अम्बिका थापा, कुमारी नन्दा बम, नेपाली कांग्रेस कैलालीका उप–सभापति प्रकाश बम, नेपाली कांग्रेस कैलालीका नेता नारायण भट्ट, महिला संघका जिल्ला अध्यक्ष पुष्पा भट्ट लगायत थुप्रै नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

1

3