सुदूरपश्चिममा सबैभन्दा धेरै कोरोना सक्रिय संक्रमित
2020/07/21, 6:50
 
corona

सुदूरपश्चिममा सबैभन्दा धेरै कोरोना सक्रिय संक्रमित रहेका छन् । हाल नेपालमा ५ हजार ९ सय ३६ जना सक्रिय संक्रमित रहेकोमा सुदुरपश्चिममा सवैभन्दा वढी रहेका हुन् । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ८ सय ४४ जना पुगेको छ । हाल सक्रिय संक्रमित रहेकोमध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा रहेका छन् । सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १८ जना संक्रमित रहेका छन् । त्यस्तै सबैभन्दा कम प्रदेश नम्बर १ मा रहेका छन् जहाँ ९३ जना रहेका छन् ।

कुन प्रदेशमा कति सक्रिय संक्रमित ?
प्रदेश नं १ मा ९३ जना
प्रदेश नं २ मा १ हजार ९ सय ३३ जना
बाग्मती प्रदेशमा ३ सय ९९ जना
गण्डकी प्रदेशमा ३ सय ८४ जना
प्रदेश नं ५ मा ४ सय १० जना
कर्णाली प्रदेश नं २ सय ९९ जना
सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १८ जना

नेपालमा बितेको २४ घण्टामा देशका विभिन्न २७ वटा प्रयोगशालामा ४ हजार २ सय १६ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २२ हजार २ सय २८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भइ १ सय ७३ जना घर फर्किएका छन् । भने आज सम्म ११ हजार ८ सय ६८ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । जुन कुल संक्रमितको ६६ दशमलव ५१ प्रतिशत हो ।