फिफाको 'द वेस्ट' अवार्ड रद्ध
2020/05/14, 7:30
 
player

फिफाले यस बर्षको द वेस्ट अवार्ड रद्ध गर्ने निर्णय गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हरेक बर्ष विभिन्न विधामा उत्कृष्ट अवार्ड प्रदान गर्दै आएको छ ।

यस बर्षको अवार्ड कार्यक्रम सेप्टेम्बरमा ईटालीको मिलानमा तय गरिएको थियो । स्पेनिस पत्रिका मार्काका अनुसार महामारीको रुपमा फैलिएको कोरोना भाईरसको प्रकोपले कार्यक्रम गर्न नसकिने भन्दै फिफाले अवार्ड रद्ध गरेको हो ।

फिफा अध्यक्ष जियानी ईन्फान्टिनोले यस महामारीको सुरुवातै अधिकतम सावधानी अपनाएर बिषयको समाधान गरिने स्पष्ट पारेका थिए । फिफाले यसअघिनै, यू–२० र यू–१७ महिला विश्वकप सन् २०२१ फेब्रुअरीसम्म स्थगित गरेको छ । यस्तै फुटसल विश्वकप समेत सन् २०२१ सम्मका लागि स्थगित गरिएको छ ।

फिफाले क्लब विश्वकप मात्र अहिलेसम्म स्थगित गरेको छैन । प्रतियोगिता डिसेम्बरमा अबुधाबीमा हुने तय गरिएको छ । कोरोनाका कारण विश्वभरको फुटबल गतिविधि प्रभावित छ । युरोपका शीर्ष डिभिजनकै लिग रद्ध हुने अवस्थामा छन् । केही लिगको अबरुद्ध खेल पुन सुरु गर्ने गृहकार्य भईरहेको छ । सोही कारण फिफाले यसबर्षको अवार्ड कार्यक्रम स्थगित गरेको हो ।