कांग्रेस कैलालीद्धारा बिपीको स्मृतीमा बृहत बृक्षारोपणा 
2020/07/21, 2:03
 
rukha

नेपाली कांग्रेस कैलालीले महामानव विपी कोईरालाको ३८ औं स्मृती दिवसको अवसरमा बृहत बृक्षारोपण गरेको छ । मंगलबार बिहान नेपाली कांग्रेस क्षेत्र नं ५ प्रदेश सभा (ख) ले धनगढी उप–महानगरपालिका वडा नं ६ मा रहेको हनुमान मन्दिर परिसरमा बृक्षारोपण सम्पन्न गरेको छ ।

त्यसैगरी नेपाली कांग्रेस क्षेत्र नं ५ प्रदेश सभा (क) ले धनगढी उप–महानगरपालिका वडा नं १५ मा रहेको कनरी पार्क परिसरमा बृक्षारोपण गरेको छ । त्यसैगरी पब्लीक क्याम्पस प्रध्यापक संघ नेपाल ईकाइ समिति कैलाली बहुमुखी क्याम्पस धनगढी कैलालीले स्मृती पार्कमा बृक्षा रोपण गरेको छ । त्यसैगरी बिपी स्मृती दिवसको अवसरमा धनगढी उप–महानगरपालिका वडा नं ५ जाईका यूवाहरुले नवनिर्मित वडा कार्यालय परिसरमा बृक्षारोपण गरेको छ ।

2

नेपाली कांग्रेस कैलालीका सभापती नरनारायण शाह ( मनु) ले जिल्ला देखि वडा सम्मका समिति, भातृ संगठन र सुभेच्छुकहरु बिपी स्मृती दिवसको अवसरमा आयोजना गरेको बृक्षारोपण कार्यक्रममा सहभागि भएको बताए । उनले भने, बिपीको समाजवादी दर्शनले नेपाली जनताको मन जितेको छ त्यसैले वहाँको स्मृती दिवसमा सर्वसाधारणको भब्य उपस्थीति हुने गर्दछ ।

बृक्षारोपण कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय समितिका पदाधीकारी, प्रदेशसभा क्षेत्रीय समितिका पदाधीकारीहरु, नेपाली कांग्रेस प्रदेश सभा सांसद टेकबहादुर रैका, धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड, उप–प्रमुख सुशीला मिश्र भट्ट, नेपाली कांग्रेस कैलालीका नेता नारायण भट्ट, महिला संघका जिल्ला अध्यक्ष पुष्पा भट्ट लगायत थुप्रै नेता कार्यकर्ताहरुको उपस्थीति रहेको थियो ।