सुदूरपश्चिममा विप्लव माओवादीले सरकारी सवारी सञ्चालन गर्न नदिने
2020/07/22, 6:42
 
gadi

आफ्ना नेता तथा कार्यकर्तालाई कृत्रिम मुद्धा बनाएर पक्राउ गरेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोले संघर्षका कार्यक्रम जारी रोको जनाएको छ । रचनात्मक ढंगले कामकारवाही गरिरहेको बेला सरकारले गैरन्यायिक तरिकाले धनगढीबाट पक्राउ गरेका आफ्ना नेताकार्यकर्ता रिहा नगरेको भन्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको ब्यूरोले आन्दोलनका कार्यक्रम जारी राखेको जनाएको हो ।

मंगलावर सुदूरपश्चिम बन्द गराएको ब्यूरोले सरकारी सवारी सञ्चालनमा रोक लगाउने जनाएको छ । ७ र ८ गते सरकारी सवारी सञ्चालनमा प्रतिबन्ध गरिएको ब्यूरोले जनाएको छ ।  कैलाली प्रहरीले धनगढी उपमहानगरपालीका वडा नम्बर ७ वेलीबाट विप्लव समूहका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्युरो ईन्चार्ज पुर्णिमा भन्ने गौरा धामीलाई पक्राउ गरेको थियो । उनीहरुका साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको थियो।