सुदूरपश्चिममा पनि छोटो दुरीमा सार्वजनिक यातायात सञ्चालन गरिएको छ । केन्द्रमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेसपछि सुदूरपश्चिममा पनि सञ्चालन गरिएको हो ।
जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न सूचना जारी गरिएको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए । सुरक्षा मापदण्ड अपनाएर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन भएको उनले बताए ।
अन्य समितिले पनि सार्वजनिक यातायात सञ्चालन गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेशका संयोजक टेकराज जोशीले यातायात व्यवस्था विभागसँग ५०÷५० प्रतिशत शुल्क सरकार व्यवसायीले बेहोर्ने गरी मजदुरको कोरोना बीमा गर्ने, सरकारसँग कुनै मजदुरको मृत्यु भएमा क्षतिपूर्ति दिने गरी कोष बनाउन अनुरोध गर्ने लगायतका सहमित भएपछि महासंघले यातायात सञ्चालन गरेको बताए ।
सरकारले असार २६ गतेदेखि सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । तर सुदूरपश्चिमका अधिकासं व्यवसायीले विभिन्न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरेका थिए । सार्वजनिक यातायात केन्द्रिय महाँसंघ अन्तरगतका प्रालिले भने यातायात सञ्चालन गरेका थिए ।