सुदूरपश्चिम प्रदेशको बैतडीमा कोरोना संक्रमण पुष्टि भएका सवै विरामी निको भएर घर फर्किका छन् । यो संगै बैतडी जिल्ला सुदूरपश्चिम प्रदेशकै पहिलो शुन्य संक्रमित हुने जिल्ला बनेको छ । बैतडी स्वास्थय कार्यालयका सूचना अधिकारी भुवन जोशीका अनुसार असार २९ गतेपछि जिल्लामा नयाँ संक्रमित फेला परेको छैन ।
‘पछिल्लो १० दिन यता नयाँ व्यक्तिमा संक्रमण पुष्टी भएको छैन’ सूचना अधिकारी जोशीले भने–‘कोरोना संक्रमण पुष्टी भएका अन्तिम व्यक्ति साउन ५ गते निको भएर घरगएका हुन् ।’ हाल जिल्लाका विभिन्न पालिकाबाट १ सय ९६ जनाको स्वाव संकलन गरी कोरोना परिक्षणका लागि डडेलधुरा प्रयोगशाला र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएकोमा नतिजा आउन भने बाँकी रहेको उनले बताए ।
बैतडीका संक्रमित मध्य साउन ५ गते अन्तिम व्यक्ति निको भएर घर गएका हुन् ।’ सूचना अधिकारी जोशीले भने–‘त्यस यता नयाँ विरामी भेटिएका छैनन्, केही स्वावको नतिजा आउन भने बाँकी छ ।’ बैतडीमा संक्रमण पुष्टी भएका मध्य सवै भारतबाट आएका विरामी रहेका थिए । उनीहरुलाई १४ देखि ३५ दिनसम्म स्थानीय तहमा निर्माण गरिएका आइसोलेसनमा राखेर घर पठाइएको सूचना अधिकारी जोशीले बताए । बैतडी जिल्ला अस्पतालमा भने तीन वेडको मात्रै आइसोलेनस रहेको छ ।