‘कोरोनाको नाममा आसेपासे पोस्ने काम भयो’ 
2020/07/23, 8:05
 
corona

कैलालीको लम्कीचुहा नगरपालिका–१ को वडा कार्यालयले कोरोना रोकथाम तथा व्यवस्थापनको नाममा व्यापक अनियमीतता र भ्रष्टाचार भएको आरोप लगाएको छ । नेपाली काँग्रेस लम्कीचुहा–१ को वडा समितिले प्रेस विज्ञप्ती जारी गर्दै कोरोना व्यवस्थापनको नाममा अनियमितता र आसेपासे पोस्ने काम भएको आरोप लगाएको हो ।

सो वडा कार्यालयले क्वारेन्टिन व्यवस्थापन लगाएत विभिन्न शिर्षकममा गरी ७३ लाख ८६ हजार ३ सय १८ रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेको थियो । वडा कार्यालयले पानादेवी विकलाई कोरोना पोजेटिभ देखिएपछि गाँउ सिल गर्दा स्वयमसेवक भत्ता शिर्षकमा मात्रै ८ लाख ८९ हजार खर्च गरेको छ ।
वडा कार्यालयले सार्वजनिक गरेको खर्च विवरणमा असहमति जनाउदै सत्यतथ्य खर्च विवरण पुनः सार्वजनिक गर्न कांग्रेसले माग गरेको छ ।

एउटै शिषर्कका खर्चलाई कम देखाउन शिर्षक टुक्राएको र आफ्ना कार्यक्रता पोस्ने किसिमले भएको काँग्रेसको ठहर छ । खर्च त्रुटीपुर्ण रहेको भन्दै वडा कार्यालयले गरेको अनियमितता विरुद्ध कानूनी उपचारमा जाने कांग्रेस नेता टेकराज कठायतले बताए । वडा कार्यालयले नेपाल सरकारले जारी गरेको आचार संहिता विपरित खर्च शिर्षकमा कोरोना संक्रमितको नाम उल्लेख गरेको छ । वडा सचिव बिष्णुकान्त प्याकुरेलले खर्च विवरण सार्वजनिक गरेका थिए ।