
कैलारी गाउँपालिकाको वडा नम्बर २ को कार्यालयले समस्या परेका छ जना एकल महिलालाई आर्थिक सहयोग गर्नका लागि सिफारिस गरेका छ ।
वडा कार्यालयले महिला अधिकारको क्षेत्रमा काम गर्ने संस्था ओरेक नेपाललाई सहयोग गर्नका लागि सिफारिस गरेको हो । कोरोना भाइरस र यसअघि गरिएको बन्दाबन्दीका कारण एकल महिलालाई गुजारा गर्न समस्या भएको जनाइएको छ ।
समस्यामा परेका एकल महिलाले सहयोगको माग गर्दै वडा कार्यालयमा निवेदनसमेत दिएका थिए । सहयोगको माग गर्दै निवेदन दिने एकल महिलामा कैलारी गाउँका रामपति चौधरी, फूलकुमारी चौधरी, रामपुर गाउँका तुल्छा भुल, पार्वती कोली, उजलीसेमरका क्यारी चौधरी र लक्कडका दुर्गादेवी बोहरा रहेका छन् ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/31, 7:00
2020/12/27, 10:34
2021/07/31, 5:28
2022/04/29, 7:20
2022/09/27, 10:15