कैलालीको लम्कीमा एक युवक माथि खुकुरी प्रहार भएको छ । लम्कीचौराहा नजिकै रहेको लम्की सार्वजनिक सौचालय अगाडिको एक सैलुनमा कपाल काटेर बाहिर निस्कने वित्तिकै एक समूहले खुकुरी प्रहार गरेको हो ।
लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २८ बर्षीय रमेशबहादुर शाहीमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहार बाट शाहीको दुबै काँधको दायाँबायाँ गम्भीर घाउ लागेको छ भने अन्य भागमा समेत चोट लागेको प्रहरीले जनाएको छ । करीब ७÷८ जनाको समूहमा आएका आक्रमणकारीहरुले एक्सी आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन ।
घाईते शाही आक्रमणकारीको हुलबाट भाग्दै चौराहा नजिक रहेको प्रहरी बिटतर्फ भोगेपछि बाच्न सफल भएका थिए । ज्यान मार्ने उद्देश्यले धारीलो हतियार लिएर आक्रमण गर्ने समूह भने फरार भएको छ । अहिले घाईते शाहीको लालरत्न अस्पतालमा उपचार भईरहेको छ । आक्रमण गर्ने समूह त्यसै क्षेत्रका रहेको भन्दै आफुमाथि ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गर्ने व्यक्तीमाथि हदैसम्मको कारबाहीका लागि शाहीले सबैसँग आग्रह गरेका छन ।