
डोटीमा क्वारेन्टिनबाट बाहिर घुम्न निस्किएका दुई जना घाइते अवस्थामा फेला परेका छन । सायल गाउँपालिका–६ मा रहेको महाकाली माविमा स्थापित क्वारेन्टिनमा बसिरहेका स्थानीय गणेश कटवाल र शिखर नगरपालिका २ खतेडाका रमेशबहादुर बोगटी घाइते अवस्थामा फेला परेका हुन् ।

शुक्रबार क्वारेन्टिनबाट पाँच जना बाहिर निस्किएका थिए । क्वारेन्टिनबाट निस्किएर आदर्श गाउँपालिकाको मौवा बजारसम्म पुगेर फर्किने क्रममा दुई जनालाई स्थानीयले घाइते अवस्थामा फेला परेका थिए । घाइते दुईजना मध्ये कटवाल सडकमा र बोगटी सडकभन्दा तल भिरमा घाईते अवस्थामा भेटिएको स्थानीयले बताएका छन ।
घाईते दुवै जनालाई उपचारका लागि दिपायल लगिएको छ । घटनाबारे बुझ्न घटनास्थलमा प्रहरी पठाएको जिल्ला प्रहरी कार्यालयका ईन्सपेक्टर कर्ण बोहराले बताए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/31, 7:00
2020/12/27, 10:34
2021/07/31, 5:28
2022/04/29, 7:20
2022/09/27, 10:15