व्यास क्षेत्रको विकासमा तीन तहको सरकार मिलेर जाऔँः मन्त्री शाह
2020/07/25, 6:35
 
darchula

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले व्यासको विकासका लागि तीन तहकै सरकार मिलेर जानुपर्ने बताएका छन । कालापानी, गुञ्जीलगायत व्यासको छांगरु र तिंकर क्षेत्रको हवाई निरीक्षणपछि सदरमुकाम खलङ्गामा आयोजित पत्रकार भेटघाटमा उनले भने, “व्यास क्षेत्रको विकासका लागि पहिलो जनता जाग्नुपर्छ, जनता जाग्यो भने सरकार जाग्छ । तीन तहका सरकारले आफूले गर्नसक्ने सहयोग ग¥यो भने यो क्षेत्रको विकास टाढा छैन ।”

मन्त्री शाहले नेपाल सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर नक्सा जारी गरेपछि सरकारको ध्यान यो क्षेत्रमा परेको उल्लेख गर्दै यो क्षेत्र रणनीतिक र ऐतिहासिक महत्वको क्षेत्र भएकाले यसको विकासमा सबैले हातेमालो गर्नुपर्ने बताए । व्यासको छांगरु र तिंकरको समग्र विकासका लागि प्रदेश सरकारले रु पाँच करोड बजेट विनियोजन गरेको बताउँदै उहाँले छांगरुस्थित नेपाल प्रहरीको कार्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरेको र निर्माण सम्बन्धि प्रक्रिया तत्काल अघि बढ्ने जानकारी दिए ।

मन्त्री शाहले व्यासको छांगरु क्षेत्रका स्थानीयवासीले घोरेटोबाटो र सडक निर्माणमा प्राथमिकता दिनुपर्ने माग राखेकोे उल्लेख गर्दै सडक निर्माण भएपछि त्यस क्षेत्रमा खाद्यान्न, स्वास्थ्य र स्थानीयवासीलाई गाउँबाट सदरमुकाम ल्याउन र गाउँ पु¥याउन सहज हुने विश्वास व्यक्त गरे। यसैगरी मन्त्री शाहले जिल्लास्थित सुरक्षा निकाय प्रमुख, जिल्ला समन्वय समिति प्रमुख करबीरबहादुर कार्की, महाकाली नगरपालिका प्रमुख हंशराज भट्ट, व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकी लगायतसँग अन्तक्र्रिया गरे ।

अन्तक्र्रियामा व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकी र जिल्ला समन्वय समितिका प्रमुख कार्कीले व्यास क्षेत्रको विकासका लागि सडकलाई प्राथमिकता दिनुपर्ने बताए। महाकाली नगर प्रमुख हंशराज भट्टले व्यासमा बस्ने सुरक्षाकर्मीका लागि सुरक्षित भएर बस्नसक्ने र केही भइहाले उद्धारका लागि तत्काल पहल गर्नुपर्ने बताए । मन्त्री शाहसँगै नेपाली सेनाका उपरथी प्रेम शाही र बाहिनीपति (सहायकरथी) शङ्कर पण्डित पनि भ्रमणमा सहभागी थिए ।