
सुदूरपश्चिमका क्वारेन्टिनमा झण्डै ५ हजारलाई राखिएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तीन हजार ६ सय ४३ पुरुष र एक हजार दुई सय ७८ महिला गरी प्रदेशमा चार हजार नौँ सय २१ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

अहिले सबैभन्दा बढि डोटीमा एक हजार चार सय तीन जना क्वारेन्टिनमा रहेका छन् । यस्तै बझाङमा ८ सय १५, अछाममा ६ सय १८, कैलाली र कञ्चनपुरमा ५८६र५८६ जनालाई क्वारेन्टिनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यस्तै बैतडीमा तीन सय १५, दार्चुलामा दुई सय ४६, डडेल्धुरामा एक सय ७८ र बाजुरामा एक सय ७४ जनालाई क्वारेन्टिनमा राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनायका अनुसार सुदूरपश्चिममा ५६ हजार बढि अटाउने एक हजार तीन सय ९१ वटा क्वारेन्टिन बनाईएको छ ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 7:18
2022/05/15, 1:53