
कैलालीको लम्कीमा शुक्रवार एक युवक माथि खुकुरी प्रहार गर्ने एक जना पक्राउ परेका छन् । लम्की चुहा नगरपालिका १ मा २८ वर्षीय स्थानीय रमेशबहादुर शाहीमाथि खुकुरी प्रहार गरेको आरोपमा वडा नम्बर २ का २२ बर्सिया परेग न्यौपाने पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।

प्रारम्भिक अनुसन्धानबाट घाईते र आक्रमण गर्नेहरू साथी भएको खुलेको छ । आपसी विवादमा खुकुरी प्रहार भएको भन्ने खुलेको छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइते शाहीलाई लम्की स्थित लाल रत्न अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी कोहलपुर लगिएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/31, 7:00
2020/12/27, 10:34
2021/07/31, 5:28
2022/04/29, 7:20
2022/09/27, 10:15