कैलालीको गोदावरीमा एक दम्पतीद्धारा जनप्रतिनिधि माथि कुटपिट
2020/07/25, 5:58
 
kutpit

कैलालीको गोदावरी नगरपालिकामा एक दम्पतिद्धारा  जनप्रतिनिधिमाथि कुटपिट गरिएको छ । नगरपालिकाको वडा नम्बर १ मा बाटोको ग्राभेलको बिषयलाई लिएर भएको विवादमा वडा सदस्यमाथि कुटपिट भएको हो । भरतपुर टोलको रामजानकी मन्दिर नजिकैको बाटोमा ग्राबेल गर्दा स्थानीय केशवबहादुर बोहरा र सरस्वती बोहराको दम्पती मिलेर वडा सदस्य कृतबहादुर चन्दमाथि कुटपिट भएको छ ।

बाटोमा ग्राबेल गर्दा वडा सदस्य चन्दमाथि गाली गलौच गरी केशव बोहराले हातपात गरेको र ढुँगा मुढा सहित लट्ठी सरस्वती बोहराले प्रहार गरेको वडा सदस्य चन्दले बताए । उनले भने “बाटो ग्राबेल गर्दै थियौ । एक्कासी आएर म माथि कुटपिट भयो ।” “दुबै श्रीमान श्रीमती मिलेर मालाई कुटपिट गरे, श्रीमानले नगर भन्नुपर्ने ठाउँमा आफैले समेत गाली गलौच, कुटपिट गरे र श्रीमतीलाई लट्ठी दिएर कुटन लगाए ।” सोही समय लगत्तै आफूले प्रहरीलाई खबर गरी घटनास्थलमा प्रहरी पुगेको बताए ।

सार्वजनिक कार्यमा अवरोध गरी आफूमाथि कुटपिट गर्नेलाई कानुन बमोजिम कार्यबाही हुनुपर्ने उनको माग छ । “वडामा यस्तो सार्वजनिक विकास निर्माणको कार्य गरिरहेको बेलामा यसरी स्थानीयले नै अवरोध गरी अभद्र व्यवहार गर्नु कहाँ सम्मको अपराध हो ?” उनले भने । यता इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर बिष्टका अनुसार बोहरा दम्पती अस्पतालबाट घर आइरहेको बेलामा बाटोमा ग्राबेल हालेको विषयमा झगडा भएको बताए ।

उनले भने “बोहरा दम्पतीको भनाई अनुसार आफूहरू आइरहेको बाटोको खाल्डाखुल्डीमा ग्राबेल भइरहेको र आफुहरुलाई जान बाटो देउ भनेका थिए ।” यसै विषयमा उनीहरुको विवाद भएपछि बोहरा दम्पतीले वडा सदस्य माथि कुटपिट गरेको उनको भनाई छ । उनीहरुलाई सार्वजनिक हित विपरित कसुर मामला अन्तर्गत मुद्दा चलाई जिल्ला पठाएको प्रहरी नायव उपरीक्षक बिष्टले बताए ।