बैतडीमा १३ दिनपछि ३ जनामा कोरोना संक्रमण पुष्टि
2020/07/25, 8:24
 
corona

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा १३ दिनपछि फेरि तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बैतडीमा शनिबार फेरि तीन जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी भुवन जोशीले बताए ।

बैतडीमा असार २९ गतेपछि कुनै पनि व्यक्तीमा कोरोना संक्रमण पुष्टि भएको थिएन । शनिबार कोरोना भेटिनु अघिसम्म बैतडीमा कोरोना पुष्टि भएका सवै एक सय ९६ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् ।   कोरोना पुष्टि भएकाहरुमा पाटन नगरपालिकाका एक पुरुष र सुर्नया गाउँपालिकाका दुई पुरुष रहेको सूचना अधिकारी जोशीले बताए ।

बैतडीका विभिन्न पालिकाबाट १ सय ९६ जनाको स्वाव संकलन गरी कोरोना परिक्षणका लागि डडेल्धुरा प्रयोगशाला र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएकोमा अझै केहीको नतिजा आउन भने बाँकी रहेको उनले बताए ।