दिसा काण्डमा शाखा प्रमुखले भने– ‘मनो रोगबाट ग्रसित कर्मचारीलाई ध्यान दिनुपर्ने भईसक्यो’
2020/07/25, 8:44
 
dhangadhi nagar

धनगढी उपमहानगरपालिकाको योजना तथा बजेट शाखा प्रमुख सत्यराज जोशीले आफ्नो कार्यकक्षमा दिसा भेटिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका छन् । शाखा प्रमुख जोशीले  सामाजिक सञ्जाल फेसबुक मार्फत ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै आफूलाई दबाब र प्रलोजनमा पार्न खोज्ने दानवी चिन्तन र प्रवृत्ति भएका व्यक्तीले सो घटना घटाएको हुनसक्ने उल्लेख गरेका छन् । उनले ध्यानाकर्षण पत्रमा मनोरोगबाट ग्रसित कर्मचारीहरुलाई उपमहानगरपालिले ध्यान दिनुपर्ने वेला भईसकेको उल्लेख गरेका छन् ।

‘विगत केही हप्तादेखि विभिन्न मनोवैज्ञानिक दबाब र प्रलोभनमा पार्न खोजेको र आफू त्यसबाट अविचलित रही प्रभावित नभएको हुँदा केही दानवी चिन्तन एवम् प्रवृत्ति भएका व्यक्तिहरुबाट यस्तो प्रकारको घटना घटाईएको हुनसक्ने मेरो प्रारम्भीक बुझाई छ ।’ जारी ध्यानाकर्षण पत्रमा जोशीले भनेका छन्–‘‘विवेकशिल र चेतना भएको मानिसले यस्तो कुकृत्य गर्दैन् र कार्यालयमा यस्ता प्रकारका पशुवत व्यवहारलाई प्रसय दिनुहुन्न, धनगढी उप–महानगरपालिकाले दिन्न भन्नेमा म पूर्ण आशावादी छु ।’

उनले सो घटना धनगढी उप–महानगरपालिकामाथि लक्षित गरी घटाईएको हो भनेर बुझ्न समेत जरुरी रहेको उल्लेख गरेका छन् । जोशीले घटनाका सन्र्दभमा तत्काल नगर प्रमुख, एकजना नगर कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराएको बताउँदै त्यस्ता दुस्साहसलाई निस्तेज पारिने आश्वासनपछि आफू निस्केको जनाएका छन । उनले कार्यालयमा यस्तो प्रकारका क्रियाकलापलाई उपमहानरपालिकाले प्रसय दिदैन् भन्नेमा आशावादी रहेको पत्रमा लेखेका छन ।

1

उप–महानगरपालिकाका योजना तथा बजेट शाखा प्रमुख जोशीको कुर्सीमा कपडामा बेरेर राखेको अवस्थामा दिसा भेटिएको थियो । कुर्सीमा बसेको केही समयपछि जोशीले दिसा राखेको थाहा पाएका थिए । तर दिसा कसले र किन राख्यो भन्ने कुरा खुलेको छैन् । तर उप–महानगरपालिकाका प्रशासकीय अधिकृत सुरेन्द्र कार्कीको संयोजकत्वमा शुक्रबार उप–महानगरपालिकाले कुर्सीमा दिसा भेटिएको विषयमा छानविन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । समितिलाई सात दिन भित्र प्रतिवेदन बुझाउने म्याद दिइएको छ ।