
कञ्चनपुरमा रोकिएको ट्रयाक्टरको ट्रलीमा स्कुटर ठोक्किदा दुई जना घाईते भएका छन् । भीमदत्त नगरपालिका वडा नम्बर ३ को जनज्योती चोक नजिकै से १ त ४१६६ नम्बरको ट्रयाक्टरको ट्रलीमा म २ प ९४४७ नम्बरको स्कुटर ठोक्किदा दुई जना घाईते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटर चालक भीमदत्त नगरपालिका ६ ऐठपुरका ३२ वर्षीय रमेश भट्ट र सोही ठाउँका अन्दाजी ३० वर्षीय रमेश पाण्डे गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।
महाकाली अस्पतालमा उपचारका लागि पुगाईएका उनीहरुलाई राती नै धनगढी रेफर गरिएको थियो । धनगढीमा पनि उपचार सम्भव नभएपछि कोहलपुर पठाईएको प्रहरीले जनाएको छ । ट्रयाक्टरलाई नियन्त्रणमा लिईएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/31, 7:00
2020/12/27, 10:34
2021/07/31, 5:28
2022/04/29, 7:20
2022/09/27, 10:15