सुदूरपश्चिममा पहिलो पटक कोरोना संक्रमण देखिएको कैलालीमा संक्रमितको संख्या एक हजार नजिक पुगेको छ । कैलालीमा प्रदेशमै सबैभन्दा बढी नौँ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै अछाममा ६ सय ४८, डोटीका ६ सय ५७, बाजुराका ६ सय १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कञ्चनपुरका पाँच सय १४, डडेल्धुराका तीन सय तीन, बैतडीका दुई सय ७९, बझाङका एक सय ७९ र दार्चुलाका २० जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका दुई हजार दुई सय ९६ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भईसकेको छ । कैलालीमा सबैभन्दा बढि चार जना संक्रमितको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि अछामका पाँच सय ४०, डोटीका पाँच सय ३५, कञ्चनपुरका चार सय ९८, बैतडीका दुई सय ९९ र डडेल्धुराका दुई सय ६७ जनााई डिस्चार्ज गरिएको छ । कैलालीका एक सय ३८, बझाङबाट ८७, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशका ५६ संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकी एक हजार ९ सय बढि घर र स्थानीय तहको क्वारेन्टिनमा छन । मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा २३, महाकाली अस्पतालमा १८, जिल्ला अस्पताल अछाममा १०, मालाखेती अस्पतालमा तीन र डोटी अस्पतालमा दुई जना गरी ५६ जनाको उपचार भईरहेको छ । प्रदेश सरकारले कोरोना अस्पताल तोकेको सेती प्रादेशिक अस्पतालको आईसोलसन भने विगत छ दिनदेखि खाली रहेको छ ।