व्यक्तीगत सरसफाई तथा सम्वेदनसिलताबारे अभिमुखीकरण 
2020/07/26, 10:48
 
training

एसओएस बालग्राम धनगढीले बालग्राममा रहेका आमा आन्टीहरुलाई मध्यनजर गर्दै व्यक्तीगत सरसफाई तथा यसको सम्वेदनशिलता बिषयक एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस र यसको समस्याबाट उत्पन्न परिस्थितिलाई सामान्य बनाउने अभिप्राय स्वरूप एसओएस बालग्राम नेपालको कोभिड १९ रेस्पोन्स प्रोग्राम अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो ।

बालग्रामका योजना निर्देशक पदमबहादुर हमालको सभापतित्वमा सम्पन्न भएको थियो । योजना निर्देशक हमालले व्यक्तीगत सरसफाई सम्वेदनसिलताका बारेमा सम्पूर्ण हेरचाहकर्ता र बालबालिकाहरुलाई जानकारी गराई उनीहरुलाई शारीरिक एवम् मानसिक रुपमा स्वस्थ राख्ने परिस्थितिसँग सामना गर्न सक्ने बनाउनु कार्यक्रमको मूल उद्देश्य रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि एवम् धनगढी प्रादेशिक अस्पताल आकस्मिक कक्षका प्रमुख कृष्णबहादुर बोहराले कार्यक्रममा सहजीकरण गरेका थिए ।