
बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । सिगास गाउँपालिका वडा नम्वर ९ की ५६ वर्षीया जुना चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी किसन चन्दले जानकारी दिए ।

घरबाट १ सय मिटर टाढा लोट भन्ने ठाउँमा घाँस काट्न गएका बेला च्वाँगड लघु जलविद्युत आयोजनाको मेन तारमा अचानक उनले छुन पुग्दा करेन्ट लागेको सूचना अधिकारी चन्दले जानकारी दिए ।
साँझ ८ बजे सो घटनाबारे खवर आएपछि राति नै प्रहरी टोली घटनास्थल गएर अनुसन्धान गरेको जनाएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/31, 7:00
2020/12/27, 10:34
2021/07/31, 5:28
2022/04/29, 7:20
2022/09/27, 10:15