कैलाली बहुमुखी क्याम्पसले भदौ र असोजमा कक्षा ११ र १२ को परीक्षा गर्ने 
2020/07/26, 2:40
 
kmc

कैलाली बहुमुखी क्याम्पस धनगढीले कक्षा ११ र १२ को परीक्षा सञ्चालन हुने भएकाले तयारी गर्न विद्यार्थीलाई आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको त्रास पछि गरिएको लकडाउनबाट प्रभावित भएको कक्षा ११ को परीक्षा भदौमा र १२ को परीक्ष असोजमा सञ्चालन हुने भन्दै तयारी गर्ने विद्यार्थीलाई आग्रह गरेको हो ।

क्याम्पसले सूचना प्रकाशन गर्दै भदौमा ग्रेड वृद्धि परिक्षा हुने भन्दै तयारी गर्न भनेको छ । कैलाली बहुमुखी क्याम्पसमै परीक्षा हुने, १२ कक्षामा भर्ना हुनका लागि विद्यार्थीले प्रत्येक बिषयमा डी प्लस ग्रेड ल्याउनुपर्ने, परीक्षाको निरिक्षण राष्ट्रिय परिक्षा बोर्डले गर्ने र परीक्षाको कार्यतालिका पनि यथासीघ्र प्रकाशन गर्ने क्याम्पस प्रमुख डाक्टर पदमराज जोशीद्धारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख गरिएको छ ।

कक्षा १२ को परीक्षा भने राष्ट्रिय परिक्षा बोर्डले असोजको पहिलो साता सञ्चालन गर्ने बताएको छ ।