पुष्करनाथ ओझालाई निष्कासित गरेपछि कांग्रेस कैलालीका सचिव पूर्ण कुँवरले भने–‘अन्याय सहिदैंन्’
2020/07/26, 5:22
 
purna kunwar

नेपाली कांग्रेस केन्द्रिय अनुशासन समितिले शनिबार कैलालीका नेता तथा पूर्व राज्यमन्त्री पुष्करनाथ ओझालाई पार्टीबाट निष्कासित गरेपछि कैलालीका केही नेता कार्यकर्ताले सो निर्णयको विरोध गरेका छन । उनीहरूले कांग्रेस सभापति देउवा पत्नी आरजु राणा देउवालाई धनगढीमा स्थापित गराउन ओझालाई कारबाही गरेको भन्दै अनुशासन विभागको निर्णय नमान्ने चेतावनी समेत दिएका छन् ।

कांग्रेस कैलालीका सचिव पूर्ण कुँवरले ओझालाई पार्टीबाट निष्कासित गरेपछि ‘अन्याय सहिदैंन्’ भन्दै स्टाटस लेखेका छन् । धनगढीमा आयातित मान्छेलाई ल्याउन ओझामाथि कारवाही गरिएकाले फिर्ता हुनुपर्ने माग पनि गरेका छन । उनले सो विषयमा छलफल गर्न बैठक समेत बोलाईएको जानकारी दिए । आयातित मान्छेहरुको अवसरका लागि अर्को पक्षलाई सक्काउने भनेरै लागेको पार्टीको एक तप्काकै स्वार्थमा ओझालाई कारवाही गरिएको दावी कुँवरको छ ।

पुष्करनाथ ओझालाई आगामी महाधिवेशनबाट रोकेर देउवा पत्नी आरजु राणालाई अगाडी सार्ने योजनाका साथ पार्टीले कारबाहीको निर्णय गरेको कुँवरले बताए । २०७४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कांग्रेस सभापति देउवा पत्नी आरजु देउवालाई हराउन भूमिका खेलेको भन्दै अनुशासन समितिले ओझालाई ५ वर्षसम्म पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।